काठमाडौं : अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।
शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राख्नुभएको विधेयक पारितको प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो। त्यसअघि विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल भएको थियो।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री शर्माले मुलुकको विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाई सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्न विधेयक ल्याइएको बताइन्। उनले अनुगमन गर्ने ठाँउको स्रोत साधनका साथै सुविधा परिचालन नगर्ने विषय पनि विधेयकमा उल्लेख रहेको जानकारी दिइन्।
मुलुकका तीनै तहको विकास आयोजनाको अनुगमन तथा मूल्यांनका आधार, मापदण्ड, अनुगमन गर्ने निकायलगायतको व्यवस्थालाई विधेयकमा समावेश गरिएको उनको भनाइ छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |